नियम ११४
आर्थिक कार्यविधि सम्बन्धी आन्तरिक निर्देशिका बनाउन सकिने
आफ्नो मन्त्रालय अन्तर्गत सञ्चालित आयोजना वा कार्यसँग सम्बन्धित आर्थिक कारोवारलाई सुव्यवस्थित ढंगबाट सञ्चालन गर्नको निमित्त मन्त्रालयले यी नियमहरूको अधीनमा रही अर्थ मन्त्रालयको सहमति लिई आर्थिक कार्यविधि सम्बन्धी आन्तरिक निर्देशिका बनाई लागू गर्न सक्नेछ ।